Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

गठबन्धनको पक्षमा मतदान नगरे पछुताउनुपर्छः नेपाल 

फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको पक्षमा मतदान नगरे पछुताउनुपर्ने बताएका छन् ।

 

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्तभएका उपलब्धि जोगाउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको अर्को विकल्प नभएको बताएका हुन् । 

 


उनले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिगामी कित्तामा उभिएको र उनको पक्षमा मतदान गरे पछुताउनुपर्ने र भावी सन्तानले पनि दुःख भोग्नुपर्ने उनको भनाइ छ ।  

 


ओली नेतृत्वको गठबन्धनले संविधानविरोधी काम गरेको, दुई तिहाइ बहुमतको सरकारलाई आफैले धुजाधुजा पार्ने काम गरेको तथा जनमतको अनादर गर्ने काम गरेको अध्यक्ष नेपालले बताए । 

 


अध्यक्ष नेपालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलका साथ मुलुकको विकास गर्ने उद्देश्यका साथ सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्नु परेको तर्क गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै