Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भित्रैका मान्छेलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको छः पौडेल 

फाइल तस्वीर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको बताएका छन् । 

 


शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु  भएको बताएका हुन् । 

 


उनले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरीमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएको पनि बताए । 

 


वरिष्ठ नेता पौडेलले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक हुनुपर्ने बताए । उनले संविधानले नै संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको भन्दै बदलिदो व्यवस्था अनुसार आफूलाई परिवर्तन गर्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

 

वर्तमान गठबन्धन नेपालको संविधानले नै माग गरेको उनले उल्लेख गरे । उनले विगतको जस्तो पार्टीहरुका बीचमा सिद्धान्तको लडाइँ नभएकाले देशको मूल समस्यालाई हेरेर एक ठाउँमा हुनुपर्ने बताए । 

 


वरिष्ठ नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदातालाई भोट हाल्न पनि सिकाउन जरुरी रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै