Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ग्यास सिलिन्डरमा लुकाएर लागूऔषध तस्करी


प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो । 

 

सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔषध भेटिएको थियो । वीरगन्जबाट काठमाडौं आउँदै गरेको मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले जेब्रा झोलाभित्र ग्यासको सिलिन्डर बोकेका थिए ।

 

सिलिन्डरको मुनि भाग काटी प्रतिबन्धित लागूऔषध डाइेजेपाम ५७७ एम्पल, फेनारगन ५७१ एम्पल, नुफिन ५६८ एम्पल लुकाएको अवस्थामा बरामद गरिएको परिसरले जनाएको छ । 

 

उनीहरुलाई कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको र उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै