
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) गुम्बा स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर–१६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारीहरुमा परिचालित हुनेछ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम देखि करिब ११४ किलोमिटरको दुरिमा नेपाल चीन सीमा नाकामा स्थापना गरिएको उक्त बिओपीले आजैबाट आफ्नाे काम सुरु गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको सीमानाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीति अनुरुप सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्दै लगिएको बताए ।
उनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले हिमालको कठ्यांग्रिने जाडोदेखि तराईको प्रचण्ड गर्मी रहेका कठिन भौगोलिक इलाकामा खटिई राष्ट्र र आम नागरिकको सेवा, सुरक्षा, उद्वार, राहत वितरण लगायतका राज्य दप्रदत्त जिम्मेवारी निर्वाहमा देखाएको इमान्दारिता, कर्तव्यपरायणता र समर्पण भावको प्रशंसा गरे ।
सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर भट्टराईको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपालको टोली त्यस ठाउँमा खटिएको छ ।
सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ–४ नेचुुङमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । वातानुकुलित २४ कोठा सहित भवन निर्माणको बुधबार गृहसचिव महेश्वर न्यौपाने र सश...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit