Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नेपाललाई भारतमा थप बिजुली बेच्न अनुमति 

नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न पाउने छ ।

 

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप बिजुली बेच्नलाई नेपालले अनुमति पाएको बताएकी हुन्। 

 


गत कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत बिक्री गर्न स्वीकति दिइएको थियो । योसँगै नेपालले भारतीय विद्युत बजारमा ३६४ मेगावाटसम्म विद्यत बिक्री गर्न प्रवेश पाउने भएको छ ।

 


नेपालले थप विद्युत् बिक्रीको अनुमति पाएसँगै आगामी दिनमा मुलुकको व्यापारघाटामा कमी आई यसले मुलुकको अर्थतन्त्रमा सहयोग पुुग्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ । 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै