Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

प्रधान सेनापति शर्मा र यूएनआरसी हावार्डबीच भेटवार्ता 

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र राष्ट्र संघीय आवस समन्वयक (यूएनआरसी) रिचार्ड हावार्डबीच बुधबार भेटवार्ता भएको छ ।

 

जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो ।

 


सो अवसरमा हावार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पुर्‍याएका योगदानको प्रशंसा गरेका थिए । साथै उनले श्री बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने यूएनएमओ, यूएनएसओ तालिमको अन्तराष्ट्रिय मान्यताको लागि प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । 

 


हावार्डले कंगो मिशनमा अपरेशन 'बाली'को क्रममा मंगलबार विद्रोहीको आक्रमणबाट मृत्यु भएका सिपाही अनिल गुरुङ्गप्रति हार्दिक संवेदना व्यक्त गर्दै मृतकका परिवारलाई संयुक्त राष्ट्र संघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने बताएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै