Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

जगदम्बा स्टिलद्वारा तेस्रो देशमा निर्यात सुरु

‘सीआर शिट्स’को कार्गो कन्टेनरमार्फत श्रीलंका निर्यात गरिँदै र जगदम्बा स्टिलको लोगो ।

स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको हो । 

 

कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परीक्षित तथा अनुमोदित भएको छ ।

 

‘उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिबद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्टमार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ,’ शंकर गु्रपका अध्यक्ष शंकरलाल अग्रवालले भने ।

 

‘यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्तामाझ पस्कँदै जान थप आत्मबल मिलेको आभास भइरहेको छ,’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै