
साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।
नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएको छ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार कित्ता शेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.९ प्रतिशत, फ्लोट इण्डेक्स ३.१५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ प्रतिशत घटेको छ ।
आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ४.५४ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार ४.२९ र विकास बैंक उपसमूहको परिसूचक ४.२७ ,जलविद्युत ३.२९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ्ग २.३३, होटल तथा पर्यटन २.२७ , निर्जीवन बीमा २.१६ , उत्पादन तथा प्रशोधन २.०८, लघुवित्त २.६४ र जीवन बीमा उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ ।
आज समग्र शेयर बजार ओरालो लागे पनि न्यादी पावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नयाँ सारथी लघुवित्त, आईसीएफसी फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य भने घटेको छ ।
आज कारोबारका आधारमा सबै भन्दा धेरै नेशनल हाइड्रोपावरको २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै , हिमालयन डिष्टिलरी, नेपाल टेलिकम र नबिल बैंकको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
buy tadalafil 20mg - buy tadalafil online cheap cialis 10mg cheap
अमेरिकी ट्रेजरी डिपार्टमेन्टको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार गरेका गोप्य विवरणहरुले सम्पत्ति शुद्धीकरण र आतंकवादमा भारतीय बैंकहरुबाटै लगानी...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy tadalafil 20mg - buy tadalafil online cheap cialis 10mg cheap