Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

फेसबुकले लम्ब्यायो पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्ध

सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई आगामी दुई वर्षसम्म कायम रहेन जनाएको छ । 

 

शुक्रबार फेसबुकले २०२३ जनवरीसम्म ट्रम्पको फेसबुक र इन्स्ट्राग्राम एकाउन्टमाथि प्रतिबन्ध जारी राखिने जनाएको हो । त्यसबेला पनि उनको व्यवहारले सामाजिक जीवनमा असर पार्छ कि पार्दैन भन्ने अध्ययनपछिमात्रै प्रतिबन्ध हटाइने फेसबुकले जनाएको छ ।

 

गत जनवरीमा अमेरिकी चुनावका बेला ट्रम्पले आचारसंहिता उल्लघंन गरेको र हिंसालाई भड्काएको भन्दै उनको सामाजिक सञ्जाल निलम्बनमा परेको थियो ।  

 

ट्रम्पको उक्साहटमा गत जनवरीमा अमेरिकी संसद भवनमा आक्रमण भएको आरोप पनि उनीमाथि लाग्दै आएको छ । त्यसकै भोलिपल्ट देखि फेसबुकले ट्रम्पमाथि निलम्बन गरेको थियो ।

 

राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने क्रममा ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा गैरकानुनी रुपमा प्रवेश गरेर सांसदहरुमाथि आक्रमण गरेका थिए ।

 

ट्रम्पले आफूमाथि अनावश्यक रुपमा प्रतिबन्ध लगाएको भन्दै फेसबुकको आलोचना गर्दै आएका छन् । यता ट्वीटरले पनि ट्रम्पमको एकाउन्ट सधैका लागि बन्द गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै