Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

निर्वाचनको दुई दिनअघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

निर्वाचन आयोगले स्थानीय निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउने निर्णय गरेको छ ।

 

आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस्तो निर्णय गरिएको बताएको छ । सरकारलाई लेखिएको पत्रमा आयोगले मतदान हुने दिनको ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न निर्देशन दिएको छ । 

 

 

आयोगको बिहीबारको बैठकले मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात पनि बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

 


त्यस्तै बैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । 

ब‌ैशाख २२, २०७९