Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमालेले काठमाडौंमा ५ वर्षमा गरेको कामको जवाफ दिनुपर्छः गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् । 

 


बिहीवार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत पाँच वर्षमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताएका हुन् । 

 


उनले भने, ‘पाँच वर्षको जिम्मा नेकपा(एमाले)ले काठमाडौं चलाउन पाएको हो । महानगरपालिकाको चुनावमा नेकपा(एमाले) चुनावमा मत माग्न आउँदै गर्दा पाँच वर्ष मैले यो गरे, यो गरे भनेर आएको छ ? हाम्रो घरमा पठाएको पर्चा एकपल्ट पल्टाएर हेरौँ ।

 

पाँच वर्षअघि एमालेको सुर्य चिन्हमा मतदान गरेर, पाँच वर्षपछि चुनावमा आउँदै गर्दा गएको पाँच वर्षअघि तपाईहरुले मेरो पार्टीलाई जिम्मा दिनुभएको थियो । मैले यो–यो कामहरु गरेँ । म पाँच वर्ष यो गर्न चाहन्छु भनेर आउनु पर्ने होइन ?’ 

 


महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारहरुले महिलामाथि अपमान गरेको बताएका छन् उनले महिला हुनुलाई नै अयोग्यताको रुपमा हेर्नेलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् उत्तर दिनुपर्ने पनि बताए ।  

 


उनले नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा जो भेट्यो त्यहीसँग तालमेल र गठबन्धन गरिरहेको बताए । उनले एमालेले एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँगसमेत तालमेल गरेको टिप्पणी गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै