Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सशस्त्र प्रहरीद्वारा बन्दुक र बारुद बनाउने सामानसहित झापाबाट एक पक्राउ

झापाको मेचीनगर–२ भृकुटीस्थित तितिरी चोक बाहुनडाँगीबाट भृकृटीतर्फ जाँदै गरेको मे १ ह ६०५६ को टेम्पोबाट सशस्त्र प्रहरीको टोलीले भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानसहित एक जनालाई पक्राउ गरेको छ । 

 

बाहुनडाँगीमा शुक्रबार टेम्पोको जाँच गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा भरुवा बन्दुक बनाउने पाइप थान ७, बारुद बनाउन प्रयोग हुने गन्धक जस्ता पदार्थ ३ केजी र बारुद बनाउन प्रयोग हुने भनिएको सोडा जस्तो पदार्थ ५७ केजी फेला परेको भनी सशस्त्र प्रहरी बल नेपाल बोर्ड आउट पोस्ट बाहुन डाँगीले जनाएको छ ।

 

टेम्पो चालक मेचीनगर–४ आमडाँगी बस्ने २० वर्षीय धनपति भारती र बरामद भएको ासमानवाला धनी तेह्रथुम आठराई गाउँपालिका ५ तेजमान लिम्बूलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

कोभिड–१९ को महामारीमा प्रहरीले निभाएको भुमिका नागरिकले मूल्याँकन गरेका छन्ः एआइजी पोखरेल

प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको  विषम परिस्थितिमा पनि  सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह ग...

माघ २२, २०७८