
माल्दिभ्सका विपक्षी नेता पूर्वराष्ट्रपति अब्दुल्ला यामीनले आफ्नो देशमा रहेका भारतीय सैनिकहरूलाई हटाउन आधिकारिक रूपमा आह्वान गरेका छन् । उनले हिजो राती भएको विपक्षी गठबन्धनको राजनीतिक सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले यस्तो बताएका हुन् ।
राष्ट्रपतिय चुनावपछि माल्दिभ्समा आयोजित सबैभन्दा ठूलो राजनीतिक ¥यालीलाई सम्बोधन गर्दै उनले सर्वप्रथम जनता, आफ्ना प्रतिनिधिका सल्लाहकार र कानुनी टोलीलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।
राष्ट्रले सामना गरिरहेका धेरै सामाजिक, आर्थिक मुद्धाहरुमा प्रकाश पार्दै उनले वर्तमान प्रशासन र भारत सरकारद्वारा गरिएका धेरै सुरक्षा सम्झौताहरूमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
माल्दिभ्स एक स्वतन्त्र राष्ट्र हो, र भारत हाम्रो मित्र राष्ट्र भएकाले हामी भारतका जनतालाई
सधैं सम्मान गर्ने छौं उनले भने भारतीय सेनाले माल्दिभ्समा आफूलाई तैनाथ गर्न मिल्दैन्।
उनले माल्दिभ्स राष्ट्रिय रक्षा बलमा रहेका सैनिकहरू पनि माल्दिभ्सका नागरिक भएको बताए । उनीहरूको वफादारी सरकारप्रति नभई इस्लाम, जनता र राष्ट्रप्रति हुनपर्ने विषयमा यामीनले जोड दिएका छन् ।
उनले आफ्नो कार्यकालमा भारतीय हेलिकप्टरसँग जोडिएका भारतीय सैनिकहरूलाई आफूले हटाउन आदेश दिएको सम्झना गराउँदै भारतीय सैनिकहरूले भिसाको म्याद सकिए पनि त्यहाँबाट जान अस्वीकार गरेको र उनीहरू अवैध रूपमा माल्दिभ्समा बसेको दाबी गरे ।
भारतसँगको वर्तमान प्रशासनको गोप्य सुरक्षा सम्झौताले माल्दिभ्सका जनताले आलोचना गर्नुका साथै माल्दिभ्समा रहेका भारतीय सैन्य कर्मचारीहरूलाई हटाउनको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन भइरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit