
ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।
भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिएका छन् ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पु-याइएको सो मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ । उनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताएका छन् ।
कार्यक्रममा सहभागी हुनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सो सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिएकी छन् । उनले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुशी व्यक्त गरेकी छन् ।
यो मन्दिर पुनर्निर्माणका लागि करिब ४ करोड १३ लाख लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यापारी हिराकाजी महर्जनले मन्दिरका लागि आवश्यक इँटाको व्यवस्था गरेका थिए भने माटोका लागि आवश्यक बजेटको व्यवस्था अर्का स्थानीय व्यापारी कल्याणजीत ताम्राकारले गरेका थिए । यो मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले १ करोड, एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले १ करोड, इन्भेष्टमेन्ट बैंकले १ करोड सहयोग गरेको पनि मन्दिर पुनर्निर्माण सरोकार समितिले जनाएको छ ।
tadalafil 10mg sale - levitra or cialis cialis 10mg oral
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 10mg sale - levitra or cialis cialis 10mg oral