Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

अष्ट्रेलिया सरकारले २० वटा छात्रवृत्तिको कोटा दिने 

 


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टचार भेटवार्ताका क्रममा नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको छ । 


भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे ।

भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन । उनले नेपालमा विकास सहायतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायत सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।  

    


राजदूत फेलिसिटीले सन् २०२३ सम्म नेपाललाई १ मिलियन अमेरिकन डलर सहयोग गर्ने बताइन् । उनले नेपाली विद्यार्थीले कोभ्याक्स र एस्ट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्नु नपर्ने सरकारको नीति रहेको जानकारी दिएकी थिइन्। 

भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै