Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

अहिलेको अवस्था हेर्दा कर्जाको ब्याजदर अझै बढ्छः गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थालाई हेर्ने हो भने आगामी दिनमा कर्जाको ब्याजदर अझै बढ्न सक्ने बताएका छन् ।

 

बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए । उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत २ प्रतिशतले रेट बढाएको बताए ।

 

अधिकारीले व्यापार घाटा बढ्दै गए आयातका नीतिहरुमा सोच्नु पर्ने अवस्था रहेको उल्लेख गरे । अहिले पनि सरकारले केही वस्तुको आयातमा रोक लगाउने नीति प्रयोग गरिरहेको उनको भनाइ छ । सरकारले आयातमा रोक लगाएको नीति सधैँको लागि नभएर छोटो समयको लागि भएको उल्लेख गरे । 

 


गभर्नर अधिकारीले अर्थतन्त्र रहे मात्रै व्यापारीहरुले व्यापार गर्न पाउने भन्दै केही समय सबैले धैर्य गर्नुपर्ने बताए । उनले  अहिले नै मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नभएको पनि स्पष्ट पारे । उनले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताएका छन् ।

 

अधिकारीले आर्थिक बर्षको सुरुवातमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताएका हुन् । 

 


उनले १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पूरा गर्न थप २ खर्ब ऋण बैंकहरुले विस्तार हुनुपर्ने बताए । गभर्नर अधिकारीले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौती पूर्ण रहेकाले पछिल्लो दुई महिनामा दुई खर्ब लगानी विस्तार हुन नसक्ने स्पष्ट पारे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै