
नेकपा माओवादी केन्द्रले ३७ जना केन्द्रीय प्रतिनिधिमध्ये २७ जनालाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।
महाधिवेशनमा माओवादी केन्द्रले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो । केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष प्रचण्डले केन्द्रीय प्रतिनिधिका रुपमा रहेका सबैलाई मनोनितबाट केन्द्रीय समितिमा ल्याउने महाधिवेशनको बन्दसत्र हललाई जानकारी गराएका थिए ।
माओवादी केन्द्रले केन्द्रीय प्रतिनिधि सबैलाई पार्टीको विधान अनुरुप १५ प्रतिशतको मनोनित गरी केन्द्रीय समितिमा ल्याउने व्यवस्था मिलाइएको थियो । साेही अनुसार अध्यक्ष प्रचण्डले केन्द्रीय प्रतिनिधिहरुलाई पहिला केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिमा मनोनित गरिने महाधिवेशनमा जानकारी दिएका थिए ।
महाधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा जिल्ला इन्चार्जको भूमिकामा रहेका र अखिल क्रान्तिकारीबाट मूल पार्टीमा आएकाहरु प्रतिनिधिहरु छन् । पार्टीको विधान अनुसार केन्द्रीय प्रतिनिधिको रुपमा रहेका बाँकी १५ प्रतिशतभित्र मनोनित गर्ने प्रचण्डको भनाइ थियो । उनले प्रतिनिधिहरुलाई १५ प्रतिशत मनोनितमा राखिने र अन्य शीर्ष कमरेडहरुलाई १० प्रतिशत मनोनितबाट समेट्ने बताएका थिए ।
माओवादी केन्द्रका एक नेताले स्थायी कमिटिले २७ जना केन्द्रीय प्रतिनिधिलाई केन्द्रीय समितिमा ल्याउनले तयारी गरेको जनाएका छन् । उनले ३७ जना केन्द्रीय प्रतिनिधिमा कुनै पनि केन्द्रीय प्रतिनिधि मातहतको वा अन्य पार्टी कमिटिमा रहेको खण्डमा भने उनीहरु केन्द्रीय समितिमा मनोनित नहुने जानकारी दिएका छन् ।
हाल माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधिहरुको नामवली
१.बाबुराम गौतम
२.खेलप्रसाद बुढाथोकी
३.सुर्यमान दोङ
४.इन्द्र गोतामे
५.सत्यनारायण शेरचन
६.गोविन्द पौडेल
७.कपिल लामा
८.पारसमणि पौडेल
९.दिपक कोइराला
१०.शैलेन्द्र घिमिरे
११.कमल चुडाली
१२.नारायण अधिकारी
१३.घनश्याम यादव
१४.सुदर्शन बराल
१५.कर्णबहादुर बस्नेत
१६.मंगलबहादुर शाही
१७.कर्णबहादुर बुढाथोकी
१८.आरबी खड्का प्रवाश
१९.रामलाल विक
२०.मानबहादुर धामी
२१.कर्णबहादुर विक
२२.झपटबहादुर साउद
२३.शिव सिं ओली
२४.जगत पार्की
२५.रत्न ढकाल
२६.रमेश मल्ल
२७.सन्तोष विष्ट
२८.रञ्जित तामाङ
२९.तिलकराज भण्डारी
३०.सुरेन्द्र बस्नेत
३१.उत्तम अधिकारी
३२.दिपक देवकोटा
३३.विजय गौतम
३४.सुर्यनाथ यादव
३५.प्रकाश विकल्प
३६.बिमल अधिकारी
३७.डा.भरत लामिछाने
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit