
बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनलाई प्रहरीले साेमबार साँझ पक्राउ गरेकाे हाे ।
बुढानीलकण्ठ नगरपालिका २ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराई बिहीबार साँझ ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit