Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ललितपुरमा घर, पसल, रेष्टुरेन्ट र कार्यालयमा श्रृंखलावद्ध चोरीगर्ने ‘फुच्चे ग्याङ’ 

यो समूहमा एकजना १४ वर्षका बालक छन् । अन्य २ जना एउटा २३ र अर्को २४ वर्षका भए । तर यो समूहको चोरीका घटनाका आधा दर्जनबढि घटनामा संलग्नता छ । 

 

 

महानगरीय प्रहरी परिसर ललितपुरले पछिल्लो केही समयदेखि जिल्लामा रहेका पसल, रेष्टुरेन्ट, कार्यालय र घरमा श्रृंखलावद्ध चोरीमा संलग्न यो समूहलाई पक्राउ गरेको हो । 

 

 

परिसरका अनुसार यो समूहले कुमारीपाटी स्थित एसआर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेष्टुरेण्ट, लाईट फोटो स्टुडियो, कोपिके लाफिङ सेन्टर नामक होटल र गोदावरीको टौखेलस्थित रिता थापा क्षेत्रीको घरकोठाबाट चोरी गरेको जनाएको छ ।  

 

 

प्रहरीले रामेछाप घरभई ललितपुर टौखेल बस्ने बर्ष २४ को बिराट राई, ललितपुरकै बिशाल तामाङ र १४ वर्षका अर्का बालकलाई पक्राउ गरेको हो । 

 

 

उनीहरु बिरुद्ध चोरी सम्बन्धी मुद्दामा  ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको परिसर प्रमुख किरण बज्राचार्यले जनाकारी दिइन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै