
यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ ।
गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।
यो सातामा शेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ । यसरी शेयर कारोबार भएको ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजार बराबरको कारोबार भएको छ ।
पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबार बाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ । शेयर लगानीकर्ता मौद्रिक नीतिको समिक्षामा ४÷१२ करोड शेयर धितोकर्जाको सीमा परिर्वतन हुने आशामा रहेका थिए । तर, मौद्रिक नीतिको समिक्षाले ४÷१२ करोडको सीमा परिर्वतन गरेन । यसको प्रभाव आइतबार देखि शेयर बजारमा प-यो । मौद्रिक नीतिको प्रभावले आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको थियो । उक्त दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको थियो ।
त्यस्तै, सोमबारको सूचक २१.५१ अंकले घटेर परिसूचक २६२९.९८ झरेर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार १.६४ अंकले घटेर २६२८.३७ अंकमा बन्द भएको थियो भने यस दिन ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै, बुधबार भने नेप्सेमा सामान्य सुधार भएको थियो । सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ अंकमा पुगेको थियो । यस दिन अन्य दिनको तुलनामा कारोबार रकम घटेर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको मात्रै कारोबार भएको थियो ।
सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५८४.६१ बिन्दुमा रोकिएको छ । बिहिबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको शेयर किनबेच भएको छ ।
tadalafil without a doctor's prescription - buy tadalafil tablets oral cialis
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध उनकै दलका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव ल्याएपछि केन्द्रमा राजनीतिक दौडधुप बढेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil without a doctor's prescription - buy tadalafil tablets oral cialis