Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सुनसरीमा महिलामाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

सुनसरी बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

 

चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज्दा सोही ठाउँ बस्ने ती महिलाको घरमा शरण लिन गएको अवस्थामा रोमनले ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेपछि ती महिलाले सम्झाई बुझाई गर्ने खोज्दा रोमनले उनकै टाउको तथा अनुहारको भागहरुमा एसिड प्रहार गरेका थिए ।

 

एसिड प्रहारबाट गम्भीर घाइते भएकी ती महिलालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान हुँदै थप उपचारको लागि म्याक्स अस्पताल विराटनगरमा पठाइएको छ ।  

 

साथै वारदात पश्चात भागि फरार भएका रोमनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको सहयोगमा काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । 

 

उनी उपर एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्वन्धि कसूर ) मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  
 

प्रतिक्रिया

1
  • Xbpime

    फाल्गुण ३, २०७८

    female cialis tadalafil - tadalafil 5mg pills cialis tadalafil

प्रतिकृया थप्नुहोस्
  • Xbpime

    फाल्गुण ३, २०७८

    female cialis tadalafil - tadalafil 5mg pills cialis tadalafil

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै