
लक्षण भएका व्यक्ति परीक्षण गर्न नआउँदा पीसीआर परीक्षण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले यस्तो बताएका हुन् ।
‘परीक्षण घट्नुमा संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेको मुख्य कारण हुनसक्छ,’ उनले भने ।
सरकारले पीसीआर परीक्षण घटाउने नभई बढाएको भन्दै उनले एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए ।
गत सातादेखि बुधबारसम्मको पीसीआर परीक्षण तथ्यांकमा परीक्षण दर घटेको भन्दै आलोचना हुन थालेको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।
यो परीक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो । यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ ।
यसरी परीक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit