Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

प्रेस स्वतन्त्रताविरोधी कानुन संशोधन हुन्छः कानुनमन्त्री 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधानविपरीत प्रेस स्वतन्त्रताविरोधी कानुन संशोधन गर्ने तयारी भइरहेको बताएका छन् ।

 

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार मिडिया एक्सन नेपाल र अनलाइन टीभी पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उनले सरकार कुनै पनि खालको प्रेस स्वतन्त्रताविरोधी कानुन ल्याउने पक्षमा नरहेको बताए । प्रेस स्वतन्त्रताविपरीत कानुन भइरहेको भए पनि संशोधनको पक्षमा रहेको उनको भनाइ छ ।

 

 

मन्त्री शर्माले पत्रकारमाथिको निगरानी र घेराबन्दी प्रेस स्वतन्त्रता विपरीत रहेको बताए । सरकारले प्रेसलाई नियन्त्रण र निगरानी नभई जवाफदेही बनाउनुपर्ने उनले बताए । “प्रेसले फौजदारी र देवानी कानुन उल्लङ्घन गर्छ भने नियन्त्रण नभइ जवाफदेही बनाउनुपर्दछ,” उनले भने ।  

 


कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले प्रेस स्वतन्त्रताविरोधी क्रियाकलापको अनुगमन गरिरहेको बताए । 

 


मिडिया एक्सनका अध्यक्ष लक्षणदत्त पन्त र अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले पत्रकारिता अहिले डिजिटल माध्यम भएकोले र डिजिटलमा विकृति देखिएकाले नियन्त्रण गर्ने नाममा पत्रकारिता नियन्त्रण गर्न खोजिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै