
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्न मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका हुन् ।
उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताए । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे ।
उनले यस्ता कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने जनाए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधीनता जोगाउन र आत्मनिर्भर बनाउन आफ्नो इमानदारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहो¥याए ।
‘अब हाम्रो दुई वटा नारा हुनुपर्छ । एउटा राष्ट्रिय स्वाधीनता, अर्को आत्मनिर्भरता यी एक अर्काका पूरक हुन । यिनलाई अलग गर्न सकिँदैन । सँगै जोडेर जाँदा हामीले लेखा परीक्षण गरौं । आफ्नो आफ्नो इमानदारिताको परीक्षण गरेर राष्ट निर्माणप्रति इमानदार बनौंँ,’ उनले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit