
युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीवार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरिन् ।
नेपालस्थित कतारी राजदूत युसुफ महम्मद अल हैलको विशेष पहलमा कतार च्यारेटीले करिब ४ करोड रुपैयाँ लगानीमा सो भवन निर्माण गर्न लागेको कतार च्यारेटीका नेपाल डाइडेक्टर इर्साद अली शेखले बताए ।
सो भवन निर्माणका लागि समाजसेवी सुलेमान गुरुङले २३ आना जग्गा दान गरेका छन् । भवन निर्माण भएपश्चात युवाहरुलाई विभिन्न सिप विकास तालिम तथा क्षमता अभिवृद्धि तालिमहरु दिइने उनले स्पष्ट पारे ।
भवन शिलान्यास गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भवन निर्माणको कामले सफलता र गति प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले जग्गा दान गर्ने समाजसेवी गुरुङलाई सम्मान पनि व्यक्त गरिन् ।
सो भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit