
शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन बिहीबार सामान्य अंकले गिरावट आएको छ ।
बुधबार सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।
आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बिहीबार भने नेप्से कारोबार रकममा वृद्धि भएको छ । मंगलबार साढे ६ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएका थियो ।
कारोबारमा आएका १३ उपसमूह मध्ये ११ उपसमूहका सूचकमा गिरावट आएको छ भने बाँकी २ वटा उपसमूह परिसूचक बढेको छ । जसमा हाइड्रोपावर र निर्जीवन बीमा उपसमूहको सूचक रहेका छन् ।
बिहीबार नेप्से परिसूचक गिरावट आएपनि विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । अन्य बुद्धभूमि हाइड्रोपावर, शाहस उर्जा , अरुण भ्याली हाइड्रोपावर र मैलुङ खोला जलविद्युत शेयर मूल्य बढेको छ । तर यता आरएमडिसि लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ । त्यस्तै पोखरा फाइनान्स , गोर्खाज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।
आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अपि पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
tadalafil 40mg us - buy cialis 10mg generic order cialis 20mg online cheap
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 40mg us - buy cialis 10mg generic order cialis 20mg online cheap