Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

ओमिक्रोन बढेपछि अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

ओमिक्रोनको तीव्र संक्रमण बढेपछि अमेरिकाले २४ घण्टामा करिब २ हजार उडान रद्द गरेको छ ।

 

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले  जानकारी दिएको छ । 

 

 

द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ ।

 

 

आइतबार र क्रिसमसको पूर्वसन्ध्या लगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू रद्द गरेको फ्लाइटअवेयर तथ्याङ्कले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै