Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

साताको अन्तिम दिन नेप्से ४९ अंकले घट्यो 

बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कारोबारमा साताको अन्तिम दिन बिहिबार  भारी अंकले गिरावट आएको छ । 

 

शेयर बजार मापक नेप्से आइतबार देखि लगातार रुपमा ओरालो लागिरहेको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक पछिको पहिलोे दिनको कारोबार ८० अंकले घटेको थियो । त्यसैको निरन्तरतामा नेप्से परिसूचक आज ४९.०४ अंकले घटेर २ हजार ५८४.६१ अंकमा पुगेको छ । बुधबार नेप्से ५.२८ अंकले बढेर परिसूचक २ हजार ६३३.६५ बिन्दुमा रोकिएको थियो । नेप्से पुनः दृुई हजार ५ सयको विन्दुमा झरेको छ ।

 

आज २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको भन्दा आज कारोबार रकममा भने थोरै वृद्धि भएको छ । बुधबार २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमा बिहिबार सबै सूचकहरु राताम्मे देखिएको छन् । 

 

आज सबै भन्दा बढी निर्जीबन बीमा कम्पनीहरुको मूल्यमा भारी गिरावट आएको छ । जसमा बैंकिङ समूहको १७.८८, विकास बैंक १८९.०१, फाइनान्स ९३.३७, निर्जीबन बीमा २४५.८५, माइक्रोफाइनान्स ८८.४ र जीवन बीमा समूहको उपसूचक २३०.८३ अंकले घटेको छ ।

 

कारोबारमा भारी गिरावट आएता पनि र सामालिङ पावर कम्पनी र न्यादी हाईड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, महिला लद्युवित्त वित्तीय संस्था र नेपाल एविआई बैंकको पनि शेयर बढेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै