Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पूर्व गृहसचिव रेग्मीको निधन

निजामती सेवाको आर्कषण जस्तै लक्ष्य समेत तय हुन्छ । तर त्यो लक्ष्यमा पुग्न राजनीतिले पटक–पटक भाँजो हाल्ने गर्छ । धेरै कमले त्यो लक्ष्य प्राप्त गरेका छन् । नपाउनेले अवकाश पर्खेका छन् । धेरैकमले सरकारी निर्णयका बिरुद्ध बिद्रोह गरेका छन् । 

 

यस्तै बिद्रोह गर्नेमध्येका एक पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । ७१ वर्षको उमेरमा रेग्मीको बिहान निधन भएको उनका भाइ प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

 

रेग्मी २०३४ सालदेखि २०५९ सालसम्‍म सरकारी सेवामा रेग्‍मी संग्‍लन थिए । शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मी गृह–प्रशासनमा लामो समय बिताएका थिए ।

 

गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी हुँदै गृह सचिवसम्‍म भएका रेग्‍मीले २०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव नभएपछि राजीनामा दिएका थिए । उनी स्वास्थ्य र मन्त्रिपरिषद्‌ सचिव पनि भएका थिए ।

 

रेग्मी खह्रो प्रशासकको रुपमा सधैँ चर्चामा रहे ।  उनी लामो समयदेखि मधुमेहका रोगी थिए । उनका दुइ छोरा छन् ।

प्रतिक्रिया

1
  • Eyfnjf

    फाल्गुण २, २०७८

    cialis for sale online - buy cialis 5mg order tadalafil 10mg pills

प्रतिकृया थप्नुहोस्
  • Eyfnjf

    फाल्गुण २, २०७८

    cialis for sale online - buy cialis 5mg order tadalafil 10mg pills

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै