Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

 


राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

 

 

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

 

उनले सदस्य देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव जितेन्द्रनारायण देव, गोपाीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गराएको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत संकल्प प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए ।  

 


राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ बजे बस्नेछ । राष्ट्रिय सभामा दर्ता भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै