Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

नवनियुक्त दुई महानिरीक्षकले भेटे गृहमन्त्री

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । सोमबार दिउँसो गृह मन्त्रालयमा आएर दुबै महानिरीक्षकले शुभकामना लिएका हुन् ।

 

भेटमा गृहमन्त्री खाणले दुवै महानिरीक्षकहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । दुवैको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको गृहमन्त्री खाणको भनाइ थियो । उनले ३० बैशाखमा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निश्पक्ष र धाधलीरहित रूपमा सम्पन्न गर्न लाग्न पनि निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै