Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस

नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।  

 

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् । 

 

डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् । यस्तै, बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् । 

 

डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंह वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेकी छन् । 

 

यी पाँचै जना अधिकारी कार्यकुशलता, व्यावसायिकता लगायत दृष्टिकोणले अब्बल अधिकारी भए पनि राजनीतिक कोपभाजनका कारण बढुवामा पछि पर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै