Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

एमसीसीलाई राजनीतिक मुद्दा बनाइयो : एमाले, संसद अवरुद्ध गर्नु गलत : कांग्रेस

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र कांग्रेसका नेता मिनेन्द्र रिजाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् । 

 

 

बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् । सत्तामा रहेका नेताहरुले एमसीसीमार्फत् भूराजनीतिक द्वन्द निम्त्याइरहेको उनले आरोप लगाएका छन् । एमसीसी एउटा विकास परियोजना मात्रै भएको उनले उल्लेख गरेका छन् । उनले एमसीसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारेका छन् । 

 

 

‘सत्तामा रहेका नेताहरु जानि जानि भूराजनीतिक द्वन्द निम्त्याउँदै हुनुहुन्छ । एमसीसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाईको विषय हो । तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ । र सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलाशमा तथाकथित गठबन्धका कार्यदलहरुको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइदैन’ उनले भने ।

 

 

उनले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उनले स्पष्ट पारेका छन् । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरेका छन् ।

 

 

‘स्थानीय तहको निर्वाचन समयमा हुनुपर्छ । कुनै बाहानाबाजि स्वीकार्य छैन । र नेकपा(एमाले) यसमा एक्लै लड्छ । हामीलाई चुनाव सामना गर्नका लागि अरु कसैको साहारा लिनुपर्ने, अरु कसैको बैशाखी टेक्नुपर्ने जरुरी छैन । हाम्रा लागि हामीले गरेका कामहरु र हामीलाई काम गर्दै जाँदा जहाँ जहाँ बाटो छेक्ने प्रयत्न भयो, ति तथ्यहरु नै जनताका मन जित्नकालागि पर्याप्त छन् । नेकपा एमाले चुनाव एक्लै लड्छ’ उनले भने ।

 

 

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठिक भएको धारणा राखेका छन्  । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानूनी व्यवस्था संविधानले दिएको भएपनि एमालेले त्यसो गर्न नसकेको उनले बताएका छन् । संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिएका छन् । 

 

 

‘तपाईहरुले संसद बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन । तपाईहरुलाई सभामुखको भुमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाऊँ भनि लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको । त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईहरुसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइदैनँ नि त । निकास खोज्नुपर्ला नि त’ उनले भने ।

 

 

उनले वर्तमान सत्ता गठबन्धन सँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताएका छन् । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताएका छन् ।
 

प्रतिक्रिया

1
  • Elzkjx

    फाल्गुण २, २०७८

    cheap tadalafil pills - purchase cialis cost cialis 40mg

प्रतिकृया थप्नुहोस्
  • Elzkjx

    फाल्गुण २, २०७८

    cheap tadalafil pills - purchase cialis cost cialis 40mg

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै