Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्रीले सुरक्षाकर्मीलाई दिए यस्तो निर्देशन

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बुधबार गृह मन्त्रालयमा बसेको छ । 

 

बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । 

 

गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्माले स्थानीय तह निर्वाचनबारे तयारी अवस्थामा रहन निर्देशन दिए । 
करिब दुई घण्टा चलेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित छलफल भएको थियो ।

 

बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे धारणा राखेका थिए । 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै