
ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् ।
आईतवार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग औपचारिक रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले ग्लोवल आईएमई बैंकलाई विदेशमा शाखा खोल्न अनुमति दिनका लागि आग्रह गरे ।
अध्यक्ष ढकालले राष्ट्र बैंकले डलरमा खाता खोल्ने नीति ल्याउनु राम्रो भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान बढी विदेशी मुद्रा आर्जन हुने देशहरुमा शाखा संचालनको अनुमति दिन माग गरे ।
अध्यक्ष ढकालले भने, ‘नेपालमा एउटा फर्मल सिस्टमबाट जुन रेमिट्यान्स भित्र्याउनका लागि जुन प्राइभेट रेमिट्यान्स कम्पनीलाई लाइसेन दिएर जुन एउटा अग्रगामी कदम नेपाल राष्ट्र बैंकले शुरु गरेको थियो, त्यसैको फलस्वरुप बैंकिङ च्यानलबाट बाहिर रहेको फरेन करेन्सी जुन नेपालीहरुले विदेशमा काम गरिरहेको फरेन करेन्सी इन्फर्मल च्यानलबाट आउने थियो । त्यसलाई बास्तवमा प्राइभेट कम्पनीलाई रेमिट्यान्स फर्मुलाईज गर्नको लागि राष्ट्र बैंकले जुन आईएमीलाई यो इन्करेज गर्नुभयो, त्यसै गरेर अहिले यो मर्जरको र हरेक हिसावले ग्लोवल आईएमई बैंकलाई इन्करेज गरिरहनु भएको छ ।
उनका अनुसार आउने दिनमा जस्तो अहिले रेमिट्यान्स घटेको अवस्था छ । तरलताको अभाव भएको अवस्था छ । भर्खर भर्खर नेपाल राष्ट्र बैंकले एउटा डलरमा खाता खोल्ने पोलिसी ल्याएको छ । यो पोलिसीलाई कार्यान्वयनमा ल्याउनलाई नेपालीहरु जहाँ धेरै नेपालीहरुको संख्या भन्दा पनि एउटा राम्रो विदेशी मुद्रा आर्जन गर्नसक्ने वा धेरै पैसा विदेशी मुद्रामा आर्जन गर्ने ठाउँ छ, जस्तो कोरिया र जापान, त्यस्तो ठाउँमा ग्लोवल आईएमई बैंकलाई बैंक ब्राञ्च खोलेर त्यहाँको एउटा इन्फर्मल रुपमा आउने रेमिट्यान्सलाई फर्मल च्यानलमा ल्याउनको लागि जसरी ग्लोवल आईएमई बैंकले रेमिट्यान्स भित्र्याउन एउटा सानो कम्पनीले शुरु गरेको थियो, त्यसैगरी ग्लोवल आईएमई बैंकले बाहिरको फरेन करेन्सी फर्मल च्यानलमा ल्याउनको लागि सपोर्ट गर्नेछ । '
उनले त्यसको लागि नेपाल राष्ट्र बैंकले केही मुलुकमा जहाँ ब्राञ्चको रुपमा रेफ्रेजेन्टेडको अफिसहरु हामीले सञ्चालन गरेको बताए ।
अध्यक्ष ढकालले बैंकले हाल औपचारिक रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउन केही मुलुकमा शाखाको रुपमा सम्पर्क कार्यालयहरु सञ्चालन गरिए पनि त्यसले पर्याप्त नहुने बताए ।
order tadalafil 5mg without prescription - cialis online buy cialis next day delivery usa
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
order tadalafil 5mg without prescription - cialis online buy cialis next day delivery usa