Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कामू प्रधानसेनापति र इजरायली राजदूतबीच जंगी अड्डामा भेटवार्ता 

कायममूकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि इजरायलका राजदूतन हानान गोडरले जंगी अड्डामा बुधबार भेटवार्ता गरेका छन् । 

 

प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

 

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै