Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पाकिस्तानद्वारा चार सय उडानमार्फत अफगानी र विदेशीको उद्धार

अफगानिस्तानमा तालिबानले कब्जा गर्न थालेपछि पाकिस्तानले चार सय उडानमार्फत अफगानी तथा विदेशी नागरिकहरुको उद्धार गरेको छ । 
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार उनीहरुलाई उद्धार गरे इस्लामावाद अन्तर्राष्ट्रिय विमास्थलमा ल्याइएको थियो । 

 

पाकिस्तानले अफगानिस्तानबाट दैनिक २ हजारभन्दा बढी नागरिकको उद्धार गरेको थियो । यस अवधिमा १० देखि १५ हजार अफगानी नागरिक र विदेशीको उद्धार गरिएको उक्त सञ्चारमाध्यमले जनाएको छ ।

 

गत शुक्रबार काबुल विमानस्थलमा आत्मघाती बम विस्फोट भएपछि भने विशेष प्रकारका उद्धार जहाज नपठाइएको जनाइएको छ । इस्लामावाद पुगेकाहरु केही दिनको होटल बसाइपछि आफ्नो गन्तव्य जानेछन् । 

 

त्यसका लागि पाकिस्तानले ट्रान्जिट क्षेत्रमा विशेष व्यवस्था र सुरक्षाकर्मीको टोली तैनाथ गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै