Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

पाकिस्तानले यसरी मनाउँदै छ  संस्थापक जिन्नाहको १४६ औँ जन्मजयन्ती 

पाकिस्तानले शनिबार आफ्नो देशको संस्थापक मोहम्मद अली जिन्नाहको १४६ औं जन्मजयन्ती मनाइरहेको छ । 

 

यस अवसरमा सबै सार्वजनिक र निजी भवनमा राष्ट्रिय झण्डा फहराइने एआरवाई न्युजले जनाएको छ । उक्त कार्यक्रम कराँचीस्थित कायदे ए आजमको समाधिमा पवित्र कुरानको पठनसँगै शुरु भएकाे थियाे । समाधिस्थलमाबिहानै भव्य गार्ड परेड गरेकाे छ ।

 


कायदे–ए–आजमको जीवन, उपलब्धीहरू र व्यक्तित्वका विभिन्न पक्षलाई हाइलाइट गर्न आधिकारिक र नागरिक समाज दुवै तहमा सेमिनार, बहस र प्रदर्शनीसहित थुप्रै कार्यक्रम आयोजना गरिने एआरवाई न्युजले उल्लेख गरेको छ ।

 


मुहम्मद अली जिन्नाह पाकिस्तानका संस्थापकका रुपमा चिनिन्छन् । उनले १९१३ देखि १४ अगस्ट १९४७ मा पाकिस्तानको स्थापना नभएसम्म अखिल भारतीय मुस्लिम लिगको नेताको रूपमा काम गरेका थिए । पाकिस्तानको स्थापना पश्चात् उनले पाकिस्तानको पहिलो गभर्नर भएर सेवा गरेका थिए ।

 


कराँचीको वजीर हवेलीमा जन्मेका उनले लन्डन, इङ्गल्याण्डको लिंकन्स इनमा ब्यारिस्टरको रूपमा तालिम लिएका थिए । ब्रिटिश भारत फर्किएपछि, उनले बम्बई उच्च अदालतमा काम गरेका उनले सोही समयमा राष्ट्रिय राजनीतिमा रुचि राखेका थिए । २० औं शताब्दीको पहिलो दुई दशकमा जिन्नाह भारतीय राष्ट्रिय कांग्रेसमा शीर्ष नेताका रुपमा स्थापित भएका उनी आफ्नो राजनीतिक करियरको यी प्रारम्भिक वर्षहरूमा, जिन्नाले हिन्दू–मुस्लिम एकताको वकालत गरेका थिए । 

 


कांग्रेस र अखिल भारतीय मुस्लिम लीग बीचको १९१६ लखनऊ सम्झौतालाई आकार दिन मद्दत पनि गरेका थिए । जसमा उनले प्रमुख भुमिका निर्वाह गर्दै सो संगठनको प्रमखको रुपमा कार्य गरेका थिए । उनले सोही समयमा भारतीय उपमहाद्वीपमा मुस्लिमहरूको राजनीतिक अधिकारको रक्षा गर्न चौध बुँदे संवैधानिक सुधार योजना प्रस्ताव गरेका थिए । त्यस पश्चात् उनले कांग्रेसबाट राजीनामा दिएका थिए । 

 


सन् १९४० सम्ममा जिन्नाहले मुस्लिमहरूको आफ्नै राज्य हुनुपर्छ भन्ने विश्वासका साथ मुस्लिम लीगले ब्रिटिश भारतीय मुस्लिमहरूको लागि छुट्टै राष्ट्रको माग गर्दै लाहोर प्रस्ताव गर्न सफल भएका थिए । दोस्रो विश्वयुद्धको दौडानमा कांग्रेसका नेताहरु जेल पर्दा उनको संगठनलाई फाइदा भयो अन्ततः चुनावबाट छुट्टै शक्तिका रुपमा उनी उदाउन पुगेका थिए । 

 


पाकिस्तानको पहिलो गभर्नर रूपमा काम गरेका उनले नयाँ राष्ट्रको सरकार र नीतिहरू स्थापना गर्ने, र दुई राज्यको स्वतन्त्रता पछि छिमेकी भारतबाट पाकिस्तानमा बसाइँ सरेका लाखौं मुस्लिम आप्रवासीहरूलाई मद्दत गर्ने, व्यक्तिगत रूपमा शरणार्थी शिविरहरूको स्थापनाको निरीक्षण गर्ने काम गरेका थिए । सेप्टेम्बर १९४८ मा ७१ वर्षको उमेरमा उनको मृत्यु भएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै