Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बाढी पीडितलाई भारत सरकारको सहयोग 

भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् । 

 

भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्येबाट महाबाणिज्यदूत कुमार र सांसद चौरधीले संयुक्तरुमा पर्साको जगरनाथपुर गाउँपालिका र पर्सागढी नगरपालिकाका करिब सय जना बाढीपीडितहरूलाई एउटा पाल र एउटा सुत्ने म्याटका दरले  हस्तान्तरण गरेको भारतीय राजदूतावासले जनाएको छ । 

 

भारतले उपलब्ध गराएको सहयोग सामाग्रीमा ठुलो टेन्ट, एउटा परिवारलाई पुग्ने टेन्ट, प्लास्टिकको डसना र सुत्ने डसना रहेका छन् । यी सामाग्री प्रदेश २ का बाढी प्रभावित ६ जिल्लामा वितरण हुनेछ । समाज मार्फत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका बाढी पीडितलाई सामाग्री वितरणको तयारी भइरहेको छ । 

 

यो सहयोग भारत सरकारको नियमित मानविय सहायता स्वरुप उपलब्ध गराइएको दूतावासले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै