Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

अमेरिकाद्वारा सेनालाई चार वटा ‘रेस्क्यु बोट’ सहयोग

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार वटा उपलब्ध गराएको छ । सोमबार छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

 

अमेरिकी राजदूतावासका ओडीयो चिफ मेजर माइकल पी ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई हस्तारण गरेका हुन् ।

 

 

ती रेस्क्यु बोट बाढी÷डुबान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास सेनाले लिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै