
टीभीएस मोटर्सले वाग्मती प्रदेशमा पहिलो टीभीएस राइड आयोजना गरेको छ । अपाची अनर्स ग्रुप (एओजी) मा रहेका राइडरहरु सहभागी गरी उक्त कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा अपाची चढ्ने २ सय जनाले सहभागिताका लागि आवेदन दिएका थिए । कार्यक्रम धादिङ गोर्खा बिच रिसोर्टसम्म आयोजना भएको थियो । त्यसमा ३५ सहभागी रहेको कम्पनीले जनाएको छ । आवेदन दिई सहभागी हुन नपाएकाहरुलाई अन्य संस्करणमा समावेश गरिने जनाइएको छ ।
टीभीएसले यही कार्यक्रम अब गण्डकी प्रदेशमा पनि गर्दै छ । त्यसका लागि दर्ता प्रक्रिया खुलेको छ । यसबाहेक नारायणी, कोशी, लुम्बिनी, महाकालीमा पनि यस्तै कार्यक्रम गरिने कम्पनीले उल्लेख गरेको छ ।
एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यतिमात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरुको पनि भाग हुने मौका पाइनेछ । यो राइड अनुभवी मार्सलहरुको निगरानीमा भएको थियो । जसमा राइडरहरुलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो। यस एओजी राइडमा सहभागी हुने सबै राइडरलाई टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गरेको थियो ।
यसमा राइडरहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र विजेताहरुलाई पुरस्कार तथा भएका साथै सबै टीभीएसले सहभागीहरुलाई उपहार र प्रमाणपत्र वितरण पनि वितरण गरेको थियो ।
एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि विक्रम शर्मा पौडेल (डीजीएम मार्केटिङ) भन्छन्, ‘हामीले सोचेको पनि थिएनौँ अपाचे राइडरहरुको यति धेरै उत्साह हुन्छ भनेर र अहिले नै एओजीमा यति धेरै सहभागिता देखेर हामी निकै खुसी छौँ । हामी चाँडै नै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौँ । यस एओजी राइड गर्ने हाम्रो मुख्य उद्देश्य चाहिँ नेपालमा अपाचे राइडरहरुको समूहलाई बलियो बनाउँदै हाम्रो ग्राहकलाई अझै नजिक राख्ने प्रयास हो ।’
गोर्खा बिच रेसोर्ट पुगेका सहभागी एकेन्द्र बज्राचार्य आफ्नो राइडको बारेमा भन्छन्, ‘मजस्तै अपाचे प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भइराख्ने छन् । राइडमा साथीहरु पनि बनाएँ र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाएँ ।’
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–ह्विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो । यसका नेपालभर १३२ भन्दा बढी डिलर छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit