Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

घुससहित पक्राउ परेका सई कानुविरुद्ध भ्रष्टाचार मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

 

अख्तियारले बिहीबार ५० हजार रुपैयाँ बिगो र तीनदेखि चार महिनासम्म कैद सजाय माग गर्दै दाबीसहित विशेष अदालतमा दायर  गरेको हो ।

 

सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिन सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई आयोगको इटहरी कार्यालयको टोली ५० हजार घुससहित पक्राउ गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै