
बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बकिङहम प्यालेसमा बिहीबार मध्यान्ह आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
कोभिडको जोखिमका कारण महारानी एलिजाबेथले विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमबाट आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी थिइन् । सो क्रममा राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै महारानीले उनको कार्यकालमा बेलायत–नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन्।
राजदूत आचार्यसँगको १० मिनेट लामो संवादमा महारानीले विगतमा आफूले दुई पटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरिन् ।
उक्त अवसरमा राजदूत आचार्यले नेपालकी राष्ट्रपति विधादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानी र बेलायती जनतालाई शुभकामना सुनाएका थिए।
बेलायतको लागि नेपालको २२औँ राजदूतका रूपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए।
H.E. Gyan Chandra Acharya presented his Letters of Credence to Her Majesty the Queen Elizabeth II at Buckingham Palace in London today. pic.twitter.com/hnPTpTTatx
— Embassy of Nepal,London (@NepalEmbassyUK) March 31, 2022
समारोहलाई सम्बोधन गर्दै राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ, बलियो र बहु आयामिक बनाउने प्रतिबद्धता दोहोर्याएका थिए । उनले नेपालको सामाजिक आर्थिक विकासका लागि पुर्याउँदै आएको सहयोग तथा हालै कोभिड महामारीका बेला प्रदान गरेको सहायताका लागि बेलायतप्रति आभार प्रकट गरे।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit