
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल– इन्जाले कोरोनाको तेस्रो लहर ओमिक्रोनको कारण हरेक वर्ष मार्च १ मा मनाउँदै आएको इन्जा डे कार्यक्रम यस वर्ष भने मे ३ प्रेस स्वतन्त्रता दिवसका दिन काठमाडौंमा एक कार्यक्रमबीच मनाउने भएको छ ।
सोही दिन इन्जाद्वारा दिंइदै आएका पत्रकारिता सम्बन्धी पुरस्कारहरु इन्जा ग्रामीण पत्रकारिता पुस्कार, इन्भेष्टिगेटिभ पत्रकारिता पुरस्कार र डा. सुखदेव शाहको संझनामा स्थापना भएको इन्जा बौद्धिक पत्रकारिता पुरस्कार वितरण गरिनेछ ।
यसैबीच इन्जाले ग्रामीण पत्रकारिता पुरस्कारका लागि आवेदन दिने म्याद मार्च १५ सम्मको लागि थपेको छ । ग्रामीण पत्रकारिता पुरस्कारको लागि जिल्ला जिल्लामा विभिन्न बिटमा काम गरिरहेका स्थानीय संचारकर्मीहरुलाई इन्जाको इमेलमार्फत मार्च १५ भित्र आवेदन पठाउन अनुरोध गरिएको छ ।
स्थानीय स्तरमा ग्रामीण पत्रकारिता गरिरहेका कुनै पनि पत्रकारहरु योग्य लागेमा कुनै संचार गृह वा अन्य कसैले पनि सोझै सिफारिस गर्न सक्ने कुरा पनि जनाइएको छ ।
यी तीनै वटा पुरस्कारहरुको राशी एक एक लाख रुपैंया रहेको छ । यस अघि इन्जा ग्रामीण पत्रकारिता पुस्कार र इन्भेष्टिगेटिभ पत्रकारिता पुरस्कारका लागि आवेदन माग गरिएको थियो भने इन्जा बौद्धिक पत्रकारिता पुरस्कारको ब्यवस्थापन र अन्य विश्व विध्यालयहरुसंगको सहकार्यको काम त्रिवी केन्द्रीय पत्रकारिता विभागसंगको समन्वयमा हुनेछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit