
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नुपर्ने प्रस्ताव गरेका हुन ।
प्रधानमन्त्रीसँग आयोगले २०७९ साल जेठ ४ गते निर्वाचन गर्न मिति प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरी आयोगले प्रस्ताव गरेको मितिमै निर्वाचन गराउने वचन दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
उनले भने, ‘आयोग र प्रधानमन्त्रीज्यू लगायत मन्त्रीज्यूहरु समेतको टिमसँग आयोगको भेट भयो । सो अवसरमा आयोगले संविधान र कानून बमोजिम आगामी जेठ ५ गते पछाडी स्थानीय तहका पदाधिकारीहरुको पद रिक्त हुने भएको हुनाले जेठ ४ गते निर्वाचन गर्नको लागि, २०७९ साल जेठ ४ गते निर्वाचन गर्न मिति प्रस्ताव ग¥यो । र त्यसको लागि आयोग पूर्ण रुपमा तयारी अवस्थामा रहेको पनि आयोगले बतायो । सो अवसरमा प्रधानमन्त्रीज्यूबाट आवश्यक प्रक्रिया पुरा गरेर आयोगले तोकेको मितिमा निर्वाचन गराउने कुरा उहाँले जानकारी दिनुभयो ।’
उनले स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने गरी कुरा अगाडी बढेको पनि जानकारी दिए ।
purchase tadalafil - oral tadalafil 5mg tadalafil 40mg uk
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
purchase tadalafil - oral tadalafil 5mg tadalafil 40mg uk