Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

नेप्सेमा १९ अंकले वृद्धि, यी हुन् सबैभन्दा शेयर कारोबार गर्ने कम्पनी 

सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ । 

 

 

मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।

 

 

आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

 

 

त्यस्तै नेप्से कारोबारमा १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक बढेको छ भने बाँकी ४ उपसमूहको सूचकमा गिरावट आएको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । 

 

 

प्रायः सबै हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा जलविद्युत उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ ।  विकास बैंक उपसमूहको उपसूचक १.६१ प्रतिशत, फाइनान्स उपसमूहको उपसूचक १.४८ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको उपसूचक एक प्रतिशत भन्दा कमले बढेको छ । आज सबै भन्दाबढी व्यापार उपसमूहको सूचक ०.५३ प्रतिशतले गिरावट आएको छ ।

 

 

मंगलबार विन लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७.५० प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ । तर, नेरुडे लघुवित्तको ३.१७, माइक्रोफाइनान्सको २.२८, सिभिल लघुवित्तको २.१२ प्रतिशतले घटेको छ । 

 

 

आज कारोबारको आधारमा नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ  । अन्य अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख र अपि पावरको ३५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

1
  • Bwdbgq

    फाल्गुण ३, २०७८

    tadalafil 5mg oral - tadalafil 20mg pills order tadalafil 20mg without prescription

प्रतिकृया थप्नुहोस्
  • Bwdbgq

    फाल्गुण ३, २०७८

    tadalafil 5mg oral - tadalafil 20mg pills order tadalafil 20mg without prescription

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै