Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउने नेपाल एक मात्रै देश : प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् ।

 

 

प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबी समेत गरेका छन् । शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा पार्टीका सांसद एवम् नेत्री डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ को विमोचन गर्दै उनले मुलुकको कार्यकारी तहहरुमा समेत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली कांग्रेस स्वयम्ले आफूलाई सबै समुदायको पार्टीको रुपमा चिनाएको बताएका छन् ।

 

 

‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलाहरु हरेक ठाउँमा उनीहरुलाई अधिकार दिइएको छ र उनीहरुले पाउँछन । नेपालमा पार्टीहरुले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन । त्यतिमात्रै होइन । स्थानीय तहमा हेर्ने हो भने ४०÷४१ प्रतिशत महिलाहरुलाई आरक्षणको व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरुलाई हामीले आरक्षणको व्यवस्था गरेका छौं । अगाडि बढाएका छौं’ उनले भने ।

 

 

‘यस मानेमा नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ अत्यन्तै समावेशी, समानुपातिक रुपमा दलित, आदिवासी, जनजाति सबैलाई आरक्षणको व्यवस्था गरिएको छ । यस मानेमा नेपाल र नेपाली काँग्रेस पनि सबैको पार्टीका बनेको छ । यसमा भोलीका दिनमा अझ बढि मतदाता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भोली आ–आफ्नो क्षेत्रमा बढिसेबढि महिला मतादाताहरु, दलित महिला मतदाता, जनजाति महिला मतदाता बढाउने काममा पनि महिला नेतृहरुलाई सफलता मिल्दै जाने मैले विश्वास लिएको छु’ उनले भने ।

 

 

प्रधानमन्त्री देउवाले महिला नेत्रीहरुले महिला मतदाताहरुको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनले नेत्री संग्रौलाले नेपालको महिला आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रशंसनीय रहेको बताएका छन् ।

प्रतिक्रिया

1
  • Xrdjzs

    फाल्गुण ४, २०७८

    purchase tadalafil without prescription - us pharmacy cialis purchase cialis pill

प्रतिकृया थप्नुहोस्
  • Xrdjzs

    फाल्गुण ४, २०७८

    purchase tadalafil without prescription - us pharmacy cialis purchase cialis pill

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै