
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले महिला सरकारी वकिलहरुको सख्या अति न्युुन भएकोमा चिन्ता ब्यक्त गरेका छन् ।
उनले हाल ललितपुर र जाजरकोटमा मात्र महिला सरकारी वकिल प्रमुख रहेको बताउदै महिला सरकारी वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गरे ।
नेपालमा हाल १ जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकीलहरु कार्यरत छन् ।
महान्यायाधिवक्ताको कार्यालयले विहिबार नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशालाको सुुरुवात गरेको छ ।
कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधनगर्दै महान्यायाधिवक्ता खरेलले कार्यशालाले महिला सरकारी वकीलहरुको नेतृत्व क्षमता विकासमा ठुलो टेवा पुग्ने बताए ।
सम्मेलन भर्चुअल माध्यममा भइरहेको छ ।
दुई दिनसम्म चल्ने राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकिलहरुको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम सामाजिक भेदभावजन्य कसूर लगायतका विषयमा सर्वोच्च अदालतका न्यायाधीशहरु, महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ताज्यको उपस्थितीमा छलफल शुरु भएको छ ।
कार्यशालामा ७० जना महिला सरकारी वकीलहरुको सहभागिता रहेको छ । कार्यशाला शुक्रबार निष्कर्षहरु जारी गर्दै समापन हुनेछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit