Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सेनाले छाउनीमा बनाउने ७५० शैय्याको अस्पतालको शिलान्यास


सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकन गरेका हुन् । 

 

कार्यक्रममा उनले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनका लागि नवनिर्माण गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताएका थिए । उनले यस महत्वपूर्ण कार्यमा नेपाली सेनालाई सफलताको शुभकामना सहित प्रधानसेनापति लगायत सबैलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए । 

 

५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपश्चात् नेपालकै नमुना अस्पतालको रुपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने लक्ष्य छ । यस्तै, विपदको अवस्थामा ६ हजार जनासम्मलाई उपचार गर्ने क्षमता रहने जनाइएको छ । 

 

२०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा सञ्चालन हुने योजना छ । कार्यक्रममा सरकारका मन्त्रीहरु, विशिष्ट पदाधिकारी, सचिव, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु उपस्थित थिए ।
 

प्रतिक्रिया

1
  • Idhtvr

    फाल्गुण ३, २०७८

    tadalafil 20mg price - cialis professional purchase cialis pills

प्रतिकृया थप्नुहोस्
  • Idhtvr

    फाल्गुण ३, २०७८

    tadalafil 20mg price - cialis professional purchase cialis pills

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै