Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सुरु भयो काठमाडौं–नयाँदिल्ली उडान

नेपाल एयरलाइन्स

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो ।

 

नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र भारतको एयर इण्डियाले दैनिक एक उडान गर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसीआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।

 

बिहीबार निगमको न्यारोबडी ए३२० जहाज काठमाडौँबाट १४१ यात्रु लिएर दिल्लीतर्फ प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रवक्ता श्रेष्ठले पहिलो उडानको अकुपेन्सी उत्साहवद्र्धक रहेको बताइन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान थालेका हुन् ।  

 

लकडाउनका कारण नेपाल एयरलाइन्सले २०७६ चैत १० देखि काठमाडौँ–दिल्ली उडान रोकेको थियो । सामान्य अवस्थामा काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकै बीच अहिले दैनिक एक उडान हुन लागेको हो । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

इजरायलमा ‘केयर गिभर’ लैजाने प्रक्रिया आउने महिनाबाट सुरु हुन्छः राजदूत गोडेर

नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ...

पुस ३, २०७७